बारा , २८ कात्तिक //
बारामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ , भने अन्य एकजना घाइते भएका छन्।
जिल्लाको कोल्हवी नगरपालिका-१ बटौलीया चोकमा गएराती ४२ प ८०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको स्वास्थ्य चौकी भवनमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कोल्हवी नगरपालिका १ बस्ने २० वर्षीय सागर चौधरी र मोटरसाइकलमा सवार सोहि ठाँउका १९ वर्षीय मदन चौधरी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पतालमा गएराति साढे १० बजेको समयमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार कोल्हवी-श्रीपुरका २० वर्षीय अशोक चौधरी घाइते भएका छन् । उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको उनले बताएका छ।