Thursday, January 23, 2025

प्रदेश २ सरकार समाजिक रुपान्तरणको पहलमा अब्बल :मुख्यमन्त्री राउत

पछिल्लाे समाचार


जनकपुरधाम , १३ मङ्सिर //

प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार समाजिक रुपान्तरणको पहलमा अब्बल रहेको बताएका छन् ।
नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरुद्वारा मुख्यमन्त्री निवासमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धि बनाउन प्रदेश सरकार समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।


समाजिक रुपान्तरणका लागी प्रदेशले चालेका कदमहरु अन्य प्रदेशको तुलनामा अब्बल रहेको उनले दावी गरेका छन् ।
समाजमा पछि पारिएका महिला, दलित, मुस्लिम लगायतका समुदायलाई राज्यको मुल स्ट्रिममा ल्याउन सरकारले शुरु गरेको योजनाहरु बारे मुख्यमन्त्री राउतले जानकारी गराएका थिए।
समाजिक रुपान्तरणका लागि चालिएका कदमहरु बेटी पढाउ बेटी बचाउ, स्वच्छता अभियान , दलित सशक्तिकरण ऐन, जनसंख्याको अनुपातमा सरकारी निकायहरुमा आरक्षणको व्यवस्थाहरु रहेको उनको कथन थियो ।
कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री राउत र मुख्यन्यायधिवक्त दिपेन्द्र झा लगाएतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु