Thursday, January 23, 2025

प्रदेश २ का चार मन्त्रालय सचिव विहिन

पछिल्लाे समाचार


जनकपुरधाम , २ मङ्सिर
प्रदेश २ का चार मन्त्रालय सचिव विहिन बनेको छ ।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालय सचिव विहिन बनेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मुख्यमन्त्री राउतसँगै रहेको वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयमा अहिले सचिव छैनन् ।

मन्त्रालयमा सचिव नहुँदा प्रदेश सरकारको काम प्रभावित हुँदै आएको छ ।
मन्त्रालयको नेतृत्व गर्ने सचिव पठाउन संघीय मन्त्रालयमा पटकपटक आग्रह गरेको प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीले बताएका छन्  ।
सचिव नहुँदा मन्त्रालयको प्रशासनिक गतिविधि रोकिएको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु