रौतहट , १ मङ्सिर //
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड शनिबार रौतहट आउने भएका छन् ।
जिल्लाको कटहरिया बजारमा यही मंसिर ४ गते हुने माओबादी केन्द्रको बिशाल आम सभालाई सम्बोधन गर्न प्रचण्ड आउन लागेका हुन् ।
दहाल नेपाल कम्युनिष्ट पार्टी नेकपा बिभाजन पछि पहिलो पटक रौतहट आउन लागेका हुन् ।
कटहरिया बजारमा हुने बिशाल जन सभामा देशको पछिलो राजनितीक घटना क्रमलाई लियर सम्बोधन गर्ने पार्टी निकटले श्रोतले जनाएको छ ।
मधेशमा आफनो पार्टीलाई मजबुत बनाउन्न र पार्टीलाई एकताबद्ध गर्नको लागि प्रचण्ड रौतहट आउन लागिएको माओबादी केन्द्रका समाजसेवी युवा नेता नसरुदिन अंसारीले जानकारी दिएका छन्।
गएको कार्तिक २५ गते अचानक प्रचण्ड बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । बिरामी भए पछि निराश बनेका कार्यकर्ताहरु प्रचण्ड रौतहट आउन थालेपछि खुशी भएका छन् ।