पर्सा , १४ मङ्सिर //
पर्सा प्रहरीले चार लाख बढीको भन्सार छलिका सामाग्री बरामद गरेको छ ।
वीरगञ्जको ईनर्वा गाउँ, नगवा र छपकैयाका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका सामाग्री प्रहरीले बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ता कपडा तथा ईलेक्ट्रोनिक पार्टसहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार सो सामग्री ४ लाख ८५ हजार ४ सय ५० रुपैयाँ मूल्य बराबरको रहेको छ।
बरामद सामाग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार चलान गरिएको प्रवक्ता खनालले जानकारी दिएका छन्।