रौतहट , ८ मङ्सिर //
नेपाली काँग्रेसको क्षेत्रिय अधिवेसनमा रौतहट क्षेत्रनं ४ मा भने चुनावनै हुने भएको छ ।
रौतहटको १ नम्बर क्षेत्रमा श्रराम यादव सर्वसम्मत क्षेत्रिय सभापतिमा चयन भईसकेका छन् । रौतहटको ३ नम्बर क्षेत्रमा आज अधिवेसनको मिति तय गरिएको छ ।
यस्तै ३ नम्बरमा रामभरोष यादव र राम अयोध्या यादवको सभापतिमा चर्चा रहेको भएपनि सो क्षेत्रमा समेत सर्वसम्मत नेतृत्व चयन हुने काँग्रेसका स्थानीय नेताहरुले बताएका छन् ।त्यसैगरी २१ नम्बर क्षेत्रमा पनि शेख फैजुल्लाह सर्वसम्मत निर्वाचित भएका छन्।
रौतहटको क्षेत्रनं ४ मा भने सर्वसम्मतको सम्भावना नरहेको काग्रेसका एक नेताले बताएका छन् । उनका अनुसार सो क्षेत्रमा प्रेमशंकर यादव र रामस्नेही यादव बिच चुनावी प्रतिष्पर्धा हुने छ ।
चार नम्बर क्षेत्रको अधिवेसन आज नभएर भोली हुन सक्ने एक नेताले बताएका छन्।