Thursday, January 23, 2025

निजगढमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संचालन हुने

पछिल्लाे समाचार


बारा , २९ कार्तिक //
निजगढमा आगामी मंसिरको दोश्रो साता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संचालन हुने भएको छ ।

निजगढ तेक्वान्दो डोजाङ्गको आजोजनामा तेश्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको हो ।

डोजाङ्ग प्रमुख वसन्त लामा तामाङ्गले सातवटा प्रदेश सहित विभागीय टिमले सहभागिता जनाउने प्रतियोगिता मंसिर १० गते र ११ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको आईतबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।

तौल समूहका आधारमा ८ वटा पुरुष समूह र ६ वटा महिला समूह गरी १४ वटा तौल समूहबीच प्रतिष्पर्धा हुने निजगढ तेक्वान्दो डोजाङ्गका अध्यक्ष बिकाश लामाले बताएका छन् ।
प्रतियोगितामा खेलाडीसहित १ सय ४० जनाभन्दा बढीको सहभागिता रहने उनले जानकारी दिए।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ तेक्वान्दो कभर्ड हलमा प्रतियोगिताको आयोजना गर्न लागिएको निजगढ तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरु प्रसाद गौतमले जानकारी दिए।
प्रतियोगिताका विजेता टोलीलाई मेडल, ट्रफी, मायाको चिनो तथा प्रमाणपत्र सहित ८१ हजार रुपैयाँ प्रदान गरिने उनले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु