रौतहट ,४ मङ्सिर //
रौतहटको दुर्गा भगवती गाँउपािलकामा हुने अधिकांस अनियमितामा लेखापाल संन्देश कुशवाहको हात हुने गरेको स्थानीयको आरोप रहेको छ।
लेखापाल कुशवाहका कारण सो गाँउपालिकामा आर्थिक अनियमिता बढेको स्थानियहरुले बताएका छन्।
गाँउपालिका प्रमुख अरुण साहले निकालेको गोप्य सुचनामा समेत कुशवाहको हात रहेको एक स्थानीयले बताएका छन्। स्थानीयका अनुसार नले पाँच हजारको चेक काटदा पाँच सय रुपैया घुस पहिलानै सेवाग्राहीसंग लिने गरेको छ।
गाँउपालिकामा हुने हरेक अनियमितामा लेखापालको प्रतक्ष संलग्नता रहेको भन्दै स्थानीयले कार्वाहीको माग गरेका छन् ।