रौतहट , २९ कार्तिक //
रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै प्रदशन गरेका छन्।
गत दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि नपाएका कारण प्रदशन गरेका हुन्।
आइतबार नगरपालिकाको अगाडि भेला भएका शिक्षक कर्मचारीहरुले जनप्रतिनिधिको लापरबाहीको कारण ५ महिनादेखि तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रेका हुन्।
नगर सभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा बिजयपुर नगर अन्तर्गत ३२ विद्यालयका झन्डै २५० शिक्षक र अन्य कर्मचारी गरि ३०० को हाराहारीमा शिक्षक कर्मचारीले तलब पाउन नसकेको महिला शिक्षिका उषा किरण श्रेष्ठले बताइन् ।
पहिलो चरणको आन्दोलन स्वरुप सबै विद्यालयका शिक्षकहरु आइतबार देखि पठनपाठन बन्द गरी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय प्राङ्गणमा धर्नामा बस्ने शिक्षकहरुले निर्णय गरेका छन् ।
यता फतुवा विजयपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले योजना तर्जुमा नभएको कारण तलब दिने अख्तियारी हालसम्म न आएको जानकारी दिएका छन् ।