धनुषा , १० मङ्सिर //
धनुषामा बालुवा लोड गरेको ट्याकटरको इन्जिनले च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मिथिला नगरपालिका ७ का ट्याकटर चालक २५ वर्षीय चेतन महतो रहेका छन् ।
शुक्रबार बिहान नक्टाझिजमा ज १ त ४१७२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा इन्जिन माथि उठेर चालक महतो च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका निरीक्षक तिलक सुनारले जानकारी दिएका छन् ।
महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना विषयमा थप अनुसन्घान भइरहेको प्रहरी निरीक्षक सुनारले बताएका छन्।