मुकेश कुमार साह,रौतहट १ मंसिर । गौर कारागारमा एक एक कैदीबन्दीले आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा सजाय भोगीरहेका कैदीले कारागारको शौचालयमा घाँटीमा गम्सा बेरेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बिनोद घिमिरेले जानकारी दिए । ।
जिल्लाको देवाही गोनाही नगरपालिका ७ का २१ वर्षीय लडाइँ साह तेलीले कारागारको शौचालयमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको घिमिरेले बताए । अचेत अवस्थामा रहेका तेलीलाई भित्रका कैदी र जेल प्रशासन मिलेर तत्कालै उपचारका लागि गौर अस्पताल लगेको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताए । २०७५ साल माघ २६ गते नाबालिका अपहरण गरेर भारत पुर्याएको आरोपमा तेलीलाई ईलाका प्रहरी कार्यालय गरुडाले पक्रेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी घिमिरेका अनुसार ईलाका प्रहरी गरुडाले तेली उपर अपहरण तथा शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा चलाई अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतसमक्ष पेस हुँदा २०७६ वैशाख ४ गते २१ वर्ष कैद सजाय र ३० हजार जरिवानाको सजाय भएको बताए ।