रौतहट , १४ मङ्सिर //
रौतहटको सदरमुकाम गौर जोड्ने लालबकैया खोलामा डाईभर्सन निर्माणकार्य सम्पन्न भएको छ।
ईशनाथका नगरवासीहरु सदरमुकाममा दैनिकी काम काज गर्न गराउन सेवाग्राही एवं कर्मचारीहरुलाई वर्ष भरी नै लाल बकैयामा ढुंगा वा डेंगीमा सवार भइ आवातजावत गर्न बाध्य रहेका थिए।
तर ऐले डाईभर्सन निर्माण हुँदा ईशनाथका नगरवासीहरु खुशी भएका छन्।
समयै पुल निर्माणकार्य सम्पन्न नहुदा ईशनाथका नगर वासी वा आगन्तुकहरुलाई आवतजावत गर्न कठिनाई रहेको हुदा सो समस्या समाधानको लागि लाल बकैया नदीमा ८ वटा साइफन बम्माको डाइभर्सन निर्माण गरिएको ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले बताएका छन्।
नेपाली काङ्ग्रेसका नेता सुशील प्रसाद कोइराला प्रधानमन्त्री हुदा बखतमा लाल बकैया नदीमा पूलको शिलान्यास गरेका थिए ।
तर १ दशक हुन लाग्दा पनि पुल निर्माणकार्य सम्पन्न भएको छैन।
ईशनाथ नगरवासीहरुले पुल निर्माणका लागि पटक-पटक भन्दा पनि सरकारले कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ।
विगत दुई वर्षमा ढुंगा पल्टिँदा लगभग २० जनाले नदीमा डुबेर ज्यान गुमाएका थिए।