Friday, January 24, 2025

एमाले महाधिवेशनमा जनता जुटाउन प्रभु साह ब्यस्त

पछिल्लाे समाचार


रौतहट ७,मंसिर । नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा व्यापक जनसहभागिता जुटाउन पूर्वमन्त्री एवम् जनपरिचालन कमिटीका सह-संयोजक प्रभु साहको सक्रियता बढेको छ ।
यही मङ्सिर १० गते चितवनमा हुने महाधिवेशनको उद्घाटन सभामा जनता जुटाउन प्रदेश २ का विभिन्न जिल्लामा सक्रियता बढाएका नेता साह आज रौतहटका सबै तहका नेता कार्यकर्ताको भेला आयोजना गरी सभामा अधिकतम संख्यामा सहभागी हुन निर्देशन दिएका हुन् । गरुडास्थित तुल्सीलाल अमात्य स्मृति भवनमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै नेता साहले रौतहट कम्युनिष्टको भुमि रहेकोले पनि यहाँबाट सबैभन्दा धेरै सहभागिता रह्ने बताए । हरेक स्थानीय तहको वडा वडाबाट आ-आफ्नो ब्यानरसहित अधिकतम संख्यामा सहभागी हुन निर्देशन दिदै नेता साहले भरतपुरबाट एमालेले देशलाई नयाँ संदेश दिने बताए ।
चितवन सभाका लागि नेता साहले सक्रियता बढाएसंगै स्थानीय स्तरमा सो कार्यक्रमका विषयमा व्यापक उत्साह वृद्धि भएको छ । यसअघि नेता साह तत्कालीन नेकपाको प्रदेश अध्यक्ष रहँदा उनकै पहलकदमी गरुडामा झण्डै दुई लाख नागरिकको सहभागितामा विशाल जनसभा आयोजना गरिएको छ ।
सो सभामा तत्कालीन प्रधानमन्त्री ओली नै प्रमुख अतिथि थिए । अहिले एमाले अध्यक्ष ओलीले चितवनमा हुने कार्यक्रममा पाँच लाखको सहभागिता रहने घोषणा गरेका छन् ।
जनपरिचालनमा कुटिल मानिने प्रभु साहलाई प्रदेश २ बाट एक लाख भन्दा बढी सहभागी गराउन पार्टीले जिम्मा दिएको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु