रौतहट , ९ मङ्सिर //
मङ्सिर १० देखि १२ गते सम्म चितवनमा हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन गरिएको छ।
जसमा माओवादीबाट एमालेमा आएका मौलापुरकी मेयर रिना साह ,संघीय सांसद रेखा झा समेत चयन भएका छन्।
क्षेत्र नम्बर एक बाट उपेन्द्र प्रसाद साह, राजकिशोर यादव, उमाशंकर साह, गीतादेवी साह, कुमारी बबिता साह रहेका छन्।
यस्तै क्षेत्र नम्बर २ बाट मनोजकुमार यादव, अबुल कलाम आजाद, त्रिभुवन साह, कपिल देव पटेल, परनिया देवी, शैलेन्द्र साह रहेका छन् ।
त्यसैगरी क्षेत्र नम्बर ३ बाट सियाराम कुशवाह, मणिशंकर निधि, पलट चौधरी, नरेश साह नुरहा, विजय यादव, रिना साह, कान्तिदेवी महतो छन् ।
क्षेत्र नम्बर ४ बाट तुलसीराज गिरी, उद्धव प्रसाद रेग्मी, बिना साह, राजु धामी, वैद्यनाथ सहनी चयन भएका छन्।
यस्तै दलिततर्फ राजनाथ माझी, चन्द्रेश्वर वैठा, ठगा दास, मन्दुतिया देवी चयन भएका हुन् ।