रौतहट , १४ मङ्सिर //
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ।
एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ३७ मत पाएका छन् भने रावलले २ सय २३ मत हासिल गरेका छन्।
उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने आयोगले जनाएको छ । शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गरेका थिए।
बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको हो ।