Monday, January 27, 2025

एमालेका २ सय २५ सदस्यीय केन्द्रीय कमिटी यसरि हुनेछ

पछिल्लाे समाचार


रौतहट , १० मङ्सिर //
नेकपा एमालेको शुक्रबारबाट सुरु भएको दसौँ महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भएको छ।

महाधिवेशनले संशोधित विधानअनुसार बृहत् आकारको समावेशी केन्द्रीय कमिटी चयन गर्ने भएको हो ।संशोधित विधानमा भएको व्यवस्थाअनुसार विभिन्न क्षेत्रबाट केन्द्रीय सदस्यहरू प्रतिनिधित्व हुने छन् ।

आदिवासी(जनजाति), मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र श्रमिक क्षेत्रबाट २१ महिलासहित ६६ केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।
सात प्रदेश, उपत्यका समन्वय र सम्पर्क समन्वयमा १६ महिलासहित ४६ केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित १५ पदाधिकारीमा भने महिला कोटा छुट्याइएको छैन ।

खुला सदस्यमा ३८ महिलासहित ९८ केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।नयाँ केन्द्रीय कमिटीमा कम्तीमा ७५ जना महिला सदस्य हुने छन् ।
१५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र १५ सदस्यीय केन्द्रीय लेखा आयोग पनि महाधिवेशनले निर्वाचित गर्ने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु