रौतहट , ५ मङ्सिर //
रौतहटको सदरमुकाम गौर जोड्ने लालबकैया घाटमा करिब आठ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन।
ईशनाथ नगरपालिकाका स्थानीयलाई सदरमुकाममा काम गर्न तथा आवतजावत गर्न समेत समस्या भएको छ।
टिकुलिया घाटमा ईशनाथ नगरपालिका वासीलाई आवतजावत गर्न गराउन सजिलोपना होस भनी नगर प्रमुख संतोश मेहताको निर्देशनमा डाइभर्सन निर्माणकार्य हुन्थ्यो तर यस वर्ष भने नगर प्रमुख मेहताले कुनै चासो समेत नदेखाएको नगरवासीहरुको गुनासो छ।
गौर बाट ईशनाथ नगरपालिका कार्यालयमा कर्मचारीलाई जान ५ किलो मिटर बाटो सडक खण्ड पर्ने लालबकैया नदिमा डाइभर्सन न बन्दा १७ किलो मिटरको सडक घुमेर जानु पर्ने बाध्यता रहेको छ।
डाइभर्सन समयमा न बनेसम्म ज्यान जोखिममा राखि बासको लच्कामा सवार भइ आवतजावत गर्न बाध्य भएको स्थानीयको भनाइ छ ।
सो कार्य गर्न निर्देशन समयमै दिनको लागि इशनाथ नगरपालिकाको मेयर संतोश मेहताको ध्यानाकर्षण गराउन समेत स्थानीयले बताएका छन् ।