सप्तरी , २ मङ्सिर //
सप्तरीमा रोकी राखेको बसमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका १ कविलासका अन्दाजी २८ वर्षीय भुपेन्द्र चौधरी रहेका छन्।
गएराती जिल्लाको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा बिग्रिएर रोकी राखेको ना ५ ख ८० १० नम्बरको यात्रुबाहक बसमा, प्रदेश २–०१–००१ प २९ ७१ नम्बरको मोटरसाइकल ठोकिदा चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते चौधरीलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुबै सवारी साधन सहित बस चालकलाई नियन्त्रण लिई यसबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।