पर्सा , २९ कार्तिक //
पर्सा प्रहरीले तीन लाख बढीको भन्सार छलिका सामाग्री बरामद गरेको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिकाको ईनर्वा गाउँ, नगवा र लिंकरोड लगायतका विभिन्न स्थानबाट भन्सार छलिका ३ लाख ४ हजार ७ सय मूल्य बराबरको औषधी तथा हार्डवैयरबम सामाग्री बरामद गरेको हो।
बरामद सामग्री नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पथाइएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन् ।