रौतहट , १ मङ्सिर //
जिल्लाको दुर्गा भगवती गाउँपालिकाले गोप्यरुपमा करौडौको टेन्डर निकालेको छ । दुई करोड भन्दा माथिको ठेक्का पट्टामा विद्युतिय प्रणालीबाट गर्नु पर्ने भएपनि गाँउपालिकाका अध्यक्ष अरुण साहले गोप्य तरिकाले बोलपत्र निकालेको हो ।
उनले २०७८ भदौं २५ गते निकालेको २३ करोडको बोलपत्र सम्बन्धि सूचना गोप्य तरिकाले प्रकाशित गर्न लगाएका थिए ।
सो बोलपत्र कुन राष्ट्रिय मिडियामा प्रकाशित भएको छ भन्ने बारेमा समेत कसैलाई थाहा छैन। गाँउपालिका अध्यक्ष साहले अगामी बर्षको बजेटबाट समायोजन गरिने भन्दै करोडौंको टेन्डर हतार हतारमा निकालेका हुन् ।
अध्यक्ष साहले बजेट टुक्राउन नपाउने शिर्षकबाट समेत रकम विनियोजन गर्दै निकालेको टेन्डर निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले ब्याक मितीमा हस्ताक्षर गर्न नमान्द उनलाई डरत्रास देखाएर सदर गराउने प्रयास समेत गरेको बुझिएको छ।
अधिकृत पाठकले टेण्डर सदर नगरे पछि कार्यपालिकाको निर्णय भन्दै अधिकृत फेर्न उनी मन्त्रालयमा समेत पुगेको पाइएको छ ।
गाँउपालिका अध्यक्षले चरम भ्रष्टाचार गरेको भन्दै सोही गाँउपालिका १ गंगापिपराका स्थानीयले अख्तीयार दुरुपयोग अनुसन्धान सहित विभन्न निकायमा उजुरी गरेका छन ।
स्थानीयले प्रधानमन्त्रीको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख साह विरुद्ध उजुरी गरेका हुन्।
गाँउपालिकाको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको प्रमुख प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताएका छन् ।
दर्ता भएको उजुरीसँग सम्बन्धीत कागजातहरु आवश्यक छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाईसकेको उनले जानकारी दिएका छन्।