Thursday, January 23, 2025

गरुडामा मानव अधिकार समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


रौतहट , ३० कार्तिक //
रौतहटको गरुडामा मानव अधिकार समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।मानव अधिकार समूह गरुडा नगरपालिकाको आयोजना र इन्सेक प्रदेश २ को कार्यालयको सहकार्यमा सोमबार गरुडा नगरपालिकाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
मानव अधिकार र सामाजिक न्यायका निम्ति शिक्षा,स्वास्थ्य,खाद्ध र आवासको अधिकारका सवालमा सरोकारवालाहरु बिच नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता मानव अधिकार समूह गरुडाका संयोजक बिसुनदयाल राय यादवले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथीमा इन्नु राय यादव रहेका थिए। यस्तै विशिष्ट अतिथीमा इन्सेकका प्रदेश २ संयोजक राजु पासवान,गरुडाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादव रहेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्ला शाखाका कार्य समिति सदस्य रामप्रबेश बैठा, बज्जिकाञ्चल दैनिक पत्रिकाका सञ्चालक राजु श्रीवास्तव, महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केनद्रका प्रमुख फुलमाया ,नगरपालिकाका कर्मचारी, शिक्षक, शिक्षिका,बुद्धिजीवी, लगायतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु