रौतहट , ३० कार्तिक //
रौतहटको कटहरिया नगरपालिकाले एक विद्यालयका कक्षा १० मा अध्यनरत १२० जना छात्राहरुलाई साईकल वितरण गरेको छ।
सोमबार एक कार्यक्रमका बीच कटहरिया नगरपालिकाको नगरप्रमुख सियाराम कुशवाहाले श्री जनता माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत १२० जना छात्राहरुलाई साईकल वितरण गरेका हुन्।
प्रदेश २ सरकारले ” बेटि पढाउ ,बेटि बचाउ “अभियान अन्तर्गत प्रदेश २ को आठ वटा जिल्लामा साईकल वितरण अभियानको थालनी गरेको थियो।
रौतहट जिल्लामा पहिलोपटक कटहरिया नगरपालिकाले नगरपालिकाको लगानिमा सो विद्यालयको १२० जना छात्राहरुलाई साईकल वितरण गरिएको नगर प्रमुख कुशवाहाले बताएका छन्।
टाढा बाट पढन आउने छात्राहरुलाई विद्यालय आउन प्रोत्साहन गर्नको लागि साईकल वितरण गरिएको उनले जानकारी दिएका छन् ।
आउदो दिनमा पनि नगरपालिका बाट बजेट बिनियोजन गरी बाँकी रहेका छात्राहरुलाई चाडैं साईकल उपलब्ध गराउने नगरप्रमुख कुशवाहाले प्रतिबद्धता जनाएका छन् ।
साईकल वितरण कार्यक्रममा कटहरिया नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह लगाएत दर्जनौ शिक्षक शिक्षिका , विद्यार्थीको उपस्थिति रहेको थियो।