Friday, January 24, 2025

एमालेका नेता कुशवाहले गरे खेलकुद सामग्रीका लागी रकम प्रदान

पछिल्लाे समाचार


रौतहट , ८ मङ्सिर //
प्रदेश २ का निवर्तमान सांसद कुन्दन कुशवाहले विद्यार्थीहरुको लागि खेलकुद सामग्री खरिदका गर्न ५० हजार नगद रुपैया प्रदान गरेका छन्।
नेकपा एमालेका केनद्रीय सदस्य समेत रहेका कुशवाहले जिल्लाको देवाही गोनाही नगरपालिका ७ आधारभुत विद्यालय उचिडिह लाई उक्त रकम प्रदान गरेका हुन्।


विद्यार्थीलाई पोसाक बितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा गएको अवसरमा विद्यालयका प्रधानाध्यापक मुक्ती प्रसाद कुशवाहाले खेलकुद सामग्रीको अभाव बारे बताए पछि प्रदेश सांसद कुश्वाहाले सो रकम खेलकुद सामाग्री खरिद गर्न सहयोग गरेका हुन ।


देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवि पटेलको लगानीमा विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ५५० छात्रछात्राहरुलाई पोसाक वितरण गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद कुशवाहाका साथै नगर उपप्रमुख परनिया देवि पटेल,मेयर प्रत्यासी प्रेमलाल साह,वडा अध्यक्ष अनिल झा,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरबल महतो,समाजसेवी मिथिलेस महतो,छबिलाल महतो लगायतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु