Wednesday, January 22, 2025

स्ववियुले राजनीतिक रंग दिन खोजेको भन्दै अनेरास्ववियुको बिज्ञप्ति

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट ५ कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा अवस्थित जन ज्योति बहुमुखी क्याम्पसमा अनेरास्विवयु (क्रान्तिकारी) र अनेरास्विवयु (एकीकृत समाजवादी)ले संयुक्तमा बिज्ञप्ति बुझाएको छ । क्याम्पस व्यवस्थापन समितिका सह क्याम्पस प्रमुख पुष्पराज महतरालाई शुक्रवार संयुक्त रुपमा बिज्ञप्ति बुझाईएको हो । बुधवार स्वतन्त्र बिधार्थी युनियनले अरु बिधार्थी संघठन संग छलफल नै नगरी क्याम्पसमा मनोमानी रुपमा तालाबन्दी गरेको भन्दै बिज्ञप्ति निकालिएको बताईएको छ । स्ववियु बिधार्थीको हकहितको लागी लड्ने साझा संघठन भएपनि क्यापसमा गरिएको तालाबन्दीले राजनीतिक रंग दिन खोजेको बिज्ञप्तिमा भनिएको छ । बिधार्थीहरुको साझा संगठन स्ववियुले क्याम्पसको आन्तरिक प्रशासनको बिषयलाई लिएर बिधार्थीको प्रशासनिक क्रियाकलाप,नँया भर्ना,र स्नातक तेस्रो र चौथो बर्षको परीक्षा आवेदन फारमलाई अबरुद्ध पार्दै क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने कार्य निन्दनीय रहेको अनेरास्विवयु क्रान्तिकारीका संयोजक धिरज कुमार रजक तथा समाजवादीका संयोजक आदित्य कुमार रजकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

क्याम्पसको दैनिकी क्रियाकलाप निरन्तर रुपमा संचालन गराउन पनि अनेरास्विवयुले बिज्ञप्ति मार्फत जोडदार माग गरिएको छ।
क्याम्पस व्यवस्थापन समितिले आफ्नो मनोमानी कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको भन्दै त्यसको विरुद्धमा बुधवार स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु