Thursday, January 23, 2025

देवाही गोनाहीको पाँचौं नगरसभा सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,२६ असोज //

देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको छ ।
सोमवार नगर कार्यपालिकाको कार्यालय गोनाहीको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको हो ।
सरकारको नियम अनुसार सबै पालिकाले असाढ मसान्त भित्रमै नगर परिषद गरिसक्नु पर्छ तर जनप्रतिनिधिहरुबीच बजेट भागबण्डामा कुरा नमिल्दा अनिश्चित बनेको देवाही गोनाही नगरपालिकाको पाँचौं नगरसभा साढे दुई महिना ढिलो गरी सोमवार सम्पन्न भएको हो ।
सोमबार सम्पन्न नगरासभामा मेयरले ६० र उपमेयरले ४० प्रतिशित बजेट चलाउन पाउँने भएको छ। नगरसभा हुन ढिलाई हुँदा विकास निर्माण लगाएतको कामकाज प्रभावित हुँदै आएको थियो। तर नगरपरिषद भएपछि नगरमा अब विकास निर्माण लगाएतको कार्यले तिव्रता लिने विश्वास गरिएको छ।
नगर प्रमुख धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ४९ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकास एवं निती तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि देवाही गोनाही नगरपालिकाले आफना पाँचौं नगरसभाबाट ४९ करोड ८६ लाख १५ हजार रुपैयाँ बजेट पारित गरेको छ ।

कार्यक्रममा नगर प्रमुख पटेलले चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सहितको सो बजेट प्रस्तुत गरेका थिए । आन्तरिक आयको १ करोड, वित्तिय समानिकरणको १० करोड ८८ लाख, केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने राजश्व बाँडफाँडको ७ करोड ६० लाख ६२ हजार, केन्द्र तथा प्रदेश सरकारबाट प्रदान सर्शत अनुदानको १७ करोड ४५ लाख, केन्द्र सरकारबाट प्राप्त हुने विशेष अनुदान २ करोड २४ लाख एवं प्रदेश सरकारबाट प्राप्त हुने समपुरक तथा विशेष अनुदानको ५० लाख रुपैया गरी सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख पटेलले बताएका छन् ।
कुल बजेट ४९ करोड ८६ लाख १५ हजार मध्ये चालु खर्च तर्फ २५ करोड ५६ लाख २ हजार, पुँजिगत खर्च तर्फ १५ करोड ३५ लाख ५७ हजार, समाजिक सुरक्षाभत्ता तर्फ ९ करोड ४० लाख ३१ हजार र गरिव सँग विशेष कार्यक्रम तर्फ ४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको उनले बताएका छन् ।
संघियताको कार्यान्वयन गर्दै नगरवासीलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउने, प्रकोप व्यवस्थापन गर्ने, विकास सुशासनको प्रत्याभुति दिलाउने, कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा विशेष लगानी गर्ने, रोजगारीको अवसर श्रृजना गरी युवालाई विदेश प्लायन हुनबाट रोक्ने, पर्यटन प्रवद्र्धनका आयोजनाहरुको पहिचान र कार्यान्वयनमा तिव्रता दिने, सडक एवं अन्य भौतिक पूर्वाधार निर्माण कार्यको स्तरउन्नती गर्ने लगाएत कार्यलाई नगरपालिकाले आफना निती तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको कुरा उल्लेख गरिएको छ ।

कार्यक्रममा नगर उपप्रमुख परनिया देवी पटेल, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र चन्द्रावन्सु, नगरका सबै वडाका वडा अध्यक्षहरु, सदस्यहरु, स्थानीय भद्रभलादमी, सुरक्षाकर्मी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु