Monday, January 27, 2025

रौतहटमा मेयर उपमेयर मनमुटाव: बैठक बस्न उपमेयरलाइ हुलाक मार्फत निम्तो !

पछिल्लाे समाचार

रौतहट १५ असोज । यसआर्थिक वर्षको योजना तर्जुमाका गएको असार १० भित्र परिषद् सम्पन्न गर्नुपर्ने नियम छ ।
तर जनप्रतिनिधी बिच कुरा नमिल्दा रौतहटमा समस्या छ ।
देवाही गोनाही नपाका प्रमुख धर्मेन्द्र पटेलले परिषद गर्न प्रयास गरे एकसता अघि मात्रै उपमेयर संग सहमती भएको छ ।
भनेको जति बजेट दिन्छु भनेपछि उपमेयर परनिया देवीले सहमती गरेकी छिन । सो नपामा प्रमुख र उपप्रमुखबीच ६० र ४० प्रतिशत बजेट बाँडफाँट गर्ने सहमति भएको छ । मेयर पटेल भन्छन मिलाउन नै तीन महिना लाग्यो ।

उपमेयर लाइ एक करोड ७० लाख बजेट छुट्याउने प्रतिबद्धता भएको छ ।
यसरी छुट्याइएको बजेट प्रमुख र उपप्रमुखले आफ्नो योजना बनाउछन ।
देवाही गोनाही नपामा बिगत ४ बर्ष देखी नै मेयर उपमेयर बिच बिवाद चल्दै आएको छ ।
गरुडा नपामा पनि बिववाद छ ।
मेयर इन्नुराय यादव र उपप्रमुख रंगीलादेवी जयसवाल बिच कुरा मिलेको छैन ।
आर्थिक वर्षको कार्य योजनासहित स्थानीयतहको बिकासका योजना बनाउनका लागी यी दुवै नगरमा परिषद हुन सकेको छैन ।
गरुडा मेयर यादवले असोज १७ का लागि परिषद्को मिति तय भएको जानकारी दिए ।
उपप्रमुख जयसवालका अनुसार राजस्व परामर्श समितिको बैठक बसेको छैन । कुनै पनि वडाबाट बजेट सिलिङको माग गरिएको छैन । कार्यपालिकाको बैठक समेत नबसी परिषद्को मिति तय हुनु दुःखद भएको उनी बताउछिन । प्रक्रिया पूरा गर्न गरुडा मेयर यादव अग्रसर नदेखिएको उपप्रमुख जयसवालको गुनासो छ ।
मेयर यादव परिषद्का लागि समय तोक्नका लागी बैठक बस्न पटक–पटक बोलाउदा नआएपछि हुलाकबाट पत्र पठाइएको बताउछन ।
असार १० भित्रै नगरसभा गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने र साउन अगाडी नै पास गनुपर्ने व्यवस्था छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु