Wednesday, January 22, 2025

बृन्दावनका एक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन

पछिल्लाे समाचार


रौतहट,२१ असोज //
रौतहटको बृन्दावन नगरपालिका वडा नं—२ मा रहेको श्री नेपाल उच्च मावि विद्यालय बिश्रामपुरमा स्मार्ट कक्षा सञ्चालन गरिएको छ ।
स्मार्ट कक्षा सञ्चालन भएसंगै सो विद्यालयमा विद्यार्थीको आकर्षण समेत बढेको विद्यालयका सह प्रधानाध्यापक राम एकवाल पटेलले बताएका छन् ।
विद्यालयमा कम्यूटरको माध्यमबाट प्रोजेक्टर मार्फत विषयवस्तु अध्यापन गर्ने प्रविधि स्मार्ट कक्षा सञ्चालन भएकोले विद्यार्थीहरू अन्य क्रियाकलाप गर्नु भन्दा पनि कक्षाकोठा भित्र शान्तसंग बसेर अध्ययन गर्न उत्साहित हुने गरेका छन्।
नया“ प्रविधिको प्रयोगबाट पठनपाठन सुरु भएपछि आफुहरुलाई पनि अध्ययन अध्यापनमा सहज भएको नेपाल उच्च माविमा कक्षा ८ मा अध्ययनरत छात्र राजेश पटेलले बताएका छन् ।
स्मार्ट कक्षा सञ्चालन प्रविधि रोतहटकोे लागि नौलो अभ्यास हो ।

तर यो प्रविधि रौतहटका केही विद्यालयहरूमा मात्र लागू भए पनि प्रभावकारी हुन सक्ने हुदा स्थानीय निकायहरूले पनि आफ्नो क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरूमा लागू गर्न सके जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने शिक्षा क्षेत्रका जानकारहरू बताउछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु