Wednesday, January 22, 2025

नेपाल रेडक्रसको गौरमा अभिमुखिकरण कार्यक्रम

पछिल्लाे समाचार

रौतहट १५ असोज । पारीवारीक सम्पर्क पुन स्थापना सेवा अभिमुखिकरण कार्यक्रम शुक्रवार गौरमा संचालन भएको छ ।
नेपाल रेडक्रस जिल्ला शाखा रौतहटमा शाखा पदाधिकारी, सदस्यहरू, उपशाखा प्रतिनिधि र कर्मचारीहरू अभिमुखीकरण कार्यक्रम मा सहभागी छन ।
कार्यक्रम शाखाको सभापति संजीव कुमार मल्लिकको अध्यक्ष्यतामा र स्वागत मन्तव्य मन्त्री रामबिनोद कुमार गिरी,कार्यक्रमको उद्वेश्य उपसभापति राज किशोर प्रसाद यादव र संचालन युवा समिती रेडक्रस रौतहटका संयोजक धमेन्द्र सिंहले गरेका थिए ।


सहजकर्ता नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाका मन्त्री धिरेन्द्र यादव,बाराका लेखा सहायक संतोष नेपाले सहजीकरण गरेका छन ।


प्राकृतिक विपद तथा दन्द्वको वेला परिवारको सदस्यहरुको विछोड र सम्पर्क हुन नसकेको सदस्य वा अज्ञात अवस्थामा रहेको ,जेलमा सरकारले जानकारी नदिइ राखेको व्यक्तिको वास्तविक अवस्था खोजी गर्न, चिठी पत्र अदानप्रदान गर्ने उदेश्यका साथ जिल्लामा जनशक्ति उत्पादन गर्न कार्यक्रम आयोजना भएको युवा समिती रेडक्रस रौतहटका संयोजक धमेन्द्र सिंहले जानकारी दिएका छन । कार्यक्रममा ३५ जना सहभागी छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु