Wednesday, January 22, 2025

कुपोषणको जोखिममा रौतहटका वालवालिका

पछिल्लाे समाचार

रौतहट १५ असोज । परोहा नगरपालिकामा चार हजार १५ बालबालिकाको परिक्षण गर्दा पाँच वर्षमुनिका ७ सय ११ जनामा कुपोषण देखिएको छ ।
सो नगरका स्वास्थ्य संयोजक जलाधार यादवले स्वास्थ्य परिक्षण गर्दा यस्तो भेटीएको जानकारी दिएका छन ।
स्वास्थ्य संस्थामा आइपुगेर जाँच गर्दा थाहा भएकाको विवरण हो यो अझै गाउघरमा यस्ता वालवालिका भेटीने अनुमान गरीएको छ ।
युनिसेफको सहयोगमा राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागले तयार पारेको ‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१९ अनुसार प्रदेश २ का जिल्लाह?मा कुपोषणको अवस्था भयावह छ ।
बलबालिकाको उमेरअनुसार न्यूनतम उचाइ नहुनु उचाइ अनुसार तौल् नपुग्नु , उमेरअनुसार तौल नहुनु , रक्तअल्पता जस्ता समस्यामध्ये सबै वा कुनै एक समस्या हुनुलाइ कुपोषण मानिन्छ ।
गत वर्ष र यस वर्ष युरोपियन युनियनबाट बजेट सहायता प्राप्त हुने गरी सम्झौता भएसँगै ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा पोषण कार्यक्रम विस्तार गरीउको छ ।
जसमध्ये ३७ जिल्लाका ३ सय ८३ स्थानीय तहमा पूर्ण, ३५ जिल्लाका ३ सय ३७ स्थानीय तहमा आंशिक र ५ जिल्लाका ३३ स्थानीय तहमा पोषण विशेष कार्यक्रम संचालनमा छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु