Wednesday, January 22, 2025

मानव बेचबिखनकाे अभियोगमा एक युवक पक्राउ

पछिल्लाे समाचार


पर्सा ,२१ असोज //
मानव बेचबिखनकाे अभियोगमा वीरगंजको अलाैंबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

यस्तै एक जना महिलालाई उद्दार समेत गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण थाना पलनवा, पोष्ट भेलाही, मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ बर्षिय रेयान खान भन्ने मुन्ना आलम रहेका छन्।

अलौंमा साेमबार विहान खटिएको सशस्त्र प्रहरीको टोलीले आफन्त नेपाल संस्थाको समन्वयमा भारततर्फ जान लागेका १ जना महिला तथा १ जना पुरुषलाई शंका लागी नियन्त्रणमा लिएकाे थियाे ।
सशस्त्र प्रहरीले निजहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि सोधपुछ गर्दा जिल्ला नुवाकोट घर भएकी २३ वर्षीया निज महिलालाई मुन्ना आलमले फेसबुकमार्फत चिनजान गरी आफू पहिल्यै विवाहित भएको तथ्य लुकाई झुट्ठा प्रेम सम्बन्ध राखी विवाह गर्ने बहानामा नारायणगढ, चितवन बोलाएका थिए ।
उनले प्रहरीलाई झुक्याउने उद्देश्यले बुर्का लगाइदिई वीरगञ्जसम्म ल्याई ईनर्वा नाका भनी सिर्सिया नाकातर्फबाट सीमापार गराई भारत लगी बेचबिखन गर्ने उद्देश्य रहेको प्रारम्भिकरूपमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
सोही बमोजिमको पीडितबाट जाहेरी दरखास्त प्राप्त गरी ति महिलालाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न मुन्ना आलमलाई पर्सा जिल्ला अदालतबाट सोही मितिमा दिन १० दिनकाे म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु