Wednesday, January 22, 2025

१ वर्ष बित्दा पनि बाडेन यी नगरपालिकाले बालपोषण भत्ता

पछिल्लाे समाचार


रौतहट ,३ असोज //
रौतहटको स्थानिय तहहरुले पछिल्लो समय बालपोषण भत्ता वितरण गर्न आनाकानि गर्न थालेको छ । जिल्लाको बृन्दावन, गरुडा, फतुवा बिजयपुर नगरपालिकाले १ बर्ष सम्म पनि बालपोषण भत्ता वितरण गरेको छैन।
स्थानीय तहमार्फत सरकारले बालबालिकालाई हुर्काउन सहज होस भन्ने उद्देश्यले पाच वर्ष सम्मका बालबालिकालाई बालपोषण भत्ता दिने गरेको छ ।

वर्षमा तिन किस्ता गरी बालपोषण भत्ता वितरण गर्नुपर्ने नियम रहेपनि बृन्दावन, गरुडा र फतुवा बिजयपुर नगरपालिकाले वर्षमा एक पटक पनि बालपोषण भत्ता वितरण नगरेको स्थानीयको गुनासो छ। विभिन्न कारण देखाउदै नगरपालिकाले भत्ता वितरणमा ढिलाई गर्दा नगरका हजारौ बालबालिका बालपोषण भत्ताबाट बञ्चित भएका छन्।

अति विपन्न लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाले सामाजिक सुरक्षा भत्ता स्वरूप पाउने भत्तामा जनप्रतिनिधी र नगरपालिकाका कर्मचारीको वेवास्ताका कारण बालबालिकाहरु भता पाउनबाट बन्चित भएका हुन् ।

कोरोना संक्रमणको कारण स्थानिय जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्न नसक्दा भत्ता वितरणमा ढिलो भएको फतुवा बिजयपुर नगरपालिकाका कार्यालय प्रमुख प्रमोद कुमार गुप्ताले बताए ।

गरुडा नगरपालिकाले अब चाडै बालपोषण भत्ता वितरण हुने जनाएको छ।

बृनदावन नगरपालिकाले बालपोषण भत्ता वितरण गर्न नगरभरीका बालबालिकाको बैंकमा खाता खुल्ने काम भइरहेको र अब चाडै भत्ता सबै खातामा जाने बृन्दानदा नगरपालिकाका निमित्त प्रसाशकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिए। ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु