Friday, January 24, 2025

आफताब आलमविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुने

पछिल्लाे समाचार

रौतहट २५,भदौ/ इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा नख्खु जेलमा रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा आज सर्वोच्च अदालत सुनुवाइ हुने भएको छ । । २०६४ चैत्र २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा सँलग्न भएको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा आज सर्वोच्च अदालत सुनुवाइ हुने भएको हो । आलमको पेशी शुक्रबार सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी तोकिएको छ ।
नख्खु कारागार थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेश बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । इँटा भट्टामा जिउँदै मानिसलाई जलाएर मारेको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला र उच्च अदालतले थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला अदालत र उच्च अदातलले दिएको आदेशविरुद्ध आलमले सर्वाेच्चमा थुनामुक्त हुनको लागि दिएको निवेदनमाथि आज सुनुवाई हुने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु