Wednesday, January 22, 2025

रौतहटमा भदौ ३१ गते सम्म थपियो निषेधाज्ञा

पछिल्लाे समाचार


रौतहट,१६ भदौ //
रौतहटमा पून : दुइ साता निषेधाज्ञाको अवधि लम्ब्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार एक सुचना जारी गर्दै जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले भदौ १५ गते राति १२ बजे देखि ३१ गते राति १२ बजेसम्मको लागि जारी निषेधाज्ञा थप गरिएको जनाएको छ ।

यसअघि स्थानिय प्रशासनले साउन ३१ गते राती १२ बजे देखी लागु हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलवार बसेको बैठकले आगामी भदौ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नेे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

प्रशासनले निषेधाज्ञा जारी गरेपनि बैंक, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, सार्वजनिक तथा निजी सवारी साधनहरु सञ्चालनमा रोक लगाएको छैन ।

स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न तथा बैंक, उद्योग, कलकारखाना र यातायातका साधन चलाउन पाइने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सुचनामा उल्लेख छ ।

त्यस्तै प्रशासनले निषेधाज्ञा अवधीमा हाट बजार, मेला, भेला, भोजभतेर, नाचगान, सभासम्मेलन तथा जुलुस निकाल्न प्रतिबन्ध गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कने परे अनिवार्य रुपमा मास्क लगाउन तथा स्वास्थ्य मापदण्ड अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु