Monday, January 27, 2025

जंगली हात्तीले गर्यो पाकेको धान बालि नष्ट

पछिल्लाे समाचार


सर्लाहीमा ,२९ भदौ //
सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, गौरीशंकर हरकठवामा जंगली हात्तीले किसानको पाक्नै लागेको धान खाएर नष्ट गरेको छ ।
आइतवार राती तीनवटा जंगली हात्तीको समूहले स्थानीय रण कुमार सुनुवार र पृथ्बी बहादुर सुनुवारको दुई÷दुई कठ्ठामा पाकेर झुल्न थालिसकेका धान खाएर नष्ट गरेको उनीहरुको गुनासो छ।
दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर मुखैमा आइसकेको बाली धान नष्ट गरेको किसानहरु बताउछन ।
थाल भाँडा ठटाउने र आगो बाल्ने गर्दा पनि हात्तीहरु नभागी धान खाइदिने गरेको स्थानीय किसानहरुले बताएका छन् ।
यसरी बारम्बार हात्तीले किसानले लगाएको धान बाली नष्ट गरिरहेको छ ।
हात्तीले सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथ लगायतका क्षेत्रमा किसानले लगाएको बालीनाली नष्ट गर्दै आएको छ ।
हात्तीको आतंकले स्थानीयवासी निर्धक्कसँग बस्न समेत सकेका छैनन् ।
हात्ती आउने डरले रातभर जाग्राम बस्ने गरेको स्थानीयहरु बताउछन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु