Wednesday, January 22, 2025

रौतहटमा एमालेको बिस्तारीत बैठक सकियो

पछिल्लाे समाचार

रौतहट २२ साउन //नेकपा एमाले को रौतहट जिल्ला कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ।
बैठकले भुमी आयोग खारेजीको विरोध गर्दै पुनर्वहालीको माग गरेको छ।
रौतहटका उखु किसानका बाकी बक्यौता अबिलम्ब भुक्तानी गर्न जोड दिदै , नदि कटान र डुवानले भएका धन जनको उचित क्षतिपूर्ति दिन पनि सरकार सग माग गरेको छ।
संगठन विस्तार र सुदृढीकरण अभियान संचालन गर्न टोलि गठन समेत गरेको छ।
प्रदेश सह-इन्चार्ज अच्युत मैनालीको प्रमुख अतिथ्यमा ,प्रदेश अध्यक्ष एबम पुर्व मन्त्री ज्वाला साहको बिशिस्ट आतिथ्यता र जिल्ला इन्चार्ज लालबाबु यादवको आथिथ्यतामा गौरमा बैठक सम्पन्न भएको थियो ।
बैठकमा जिल्ला कमिटीका अध्यक्ष तुलसी राज गिरीको अध्यक्षतामा सम्पन्न भएको छ।
प्रदेश कमिटीका सदस्य कपिलदेब पटेल , जयचन्द्र पटेल , मनिशंकर निधि, सभासद अबुल कलाम आजाद , सचिदानन्द साह, उद्वव रेग्मी , गुलाम सरोवर , दिलिप साहका साथै एमाले नेताहरू रामकिसोर महतो , सभासद बबन सिंह , सैलेन्द्र साह , राजु धामी , रामजी साह , मनिलाल सहनी, विना साह , कृष्ण तिमल्सिना , राधाकृष्ण मैनाली , हरिबन्स मैनाली लगाएतको उपस्थिति रहेको थियो।
बैठक को संचालन सचीव मनोजकुमार यादवले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु