Wednesday, January 22, 2025

रौतहटको तीन वटा पालिकाको परिषद अन्यौल

पछिल्लाे समाचार

रौतहट २१ साउन /// रौतहटका तीनवटा नगरपालिकामा परिषद् नहुँदा बजेट बाँडफाँट, योजना तर्जुमालगायत अन्योलमा परेको छ ।

जिल्लाको गरुडा, देबाहीगोनाही र बौधीमाई नगरपालिकाले परिषद गर्न नसकेका हुन् ।
असार १० गतेसम्म आगामी आर्थिक वर्षको परिषद् गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । गरुडाका मेयर इनरदेव यादवले परिषद्का लागि अहिलेसम्म कार्यपालिकाको बैठक समेत राखेका छैनन् । मेयर यादवले समयमा परिषद गर्न चासो नदेखाएको उपप्रमुख रंगीलादेवी जैसवालको आरोप छ ।
मेयर यादव भने आन्तरिक तयारीका कारण परिषद् गर्न ढिला भएको बताउँछन् ।

देबाहीगोनाही नगरपालिकाले अघिल्लो वर्ष सबैभन्दा पछि नगरपरिषद् गरेको थियो । सो नगरपालिकामा यस पटक पनि मेयर धर्मेन्द्र पटेल र उपप्रमुख परनिया देवीबीचको विवादले परिषद् हुन सकेको छैन् ।
मेयर पटेल आफूलाई सुरुदेखि नै स्वतन्त्र रूपमा काम गर्ने वातावरण नभएको बताउदै आएका छन ।

बौधीमाईमा जनप्रतिनिधिबीच विवाद बढेपछि अहिलेसम्म परिषद्को मिति तय हुन सकेको छैन । प्रमुख राजीव रञ्जनले अब चाँडै परिषद् हुने बताए । आन्तरिक तयारी नपुगेर ढिला हुन गएको उनको भनाइ छ ।
जिल्लाका १८ मध्य १५ वटा पालिकाहरुले विभिन्न बिवाद का बिच परिषद् गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु