Thursday, January 23, 2025

प्रहरी हेडक्वाटरले बनायो छानबिन समिति

पछिल्लाे समाचार

रौतहट ८ भदौ । नेपाल प्रहरीका सादा पोशाकमा खटिने घुमुवा सहित मिलेर पत्रकारलाइ फसाउन खोजेको घटनाको बिषयमा प्रहरी हेडक्वाटरले छानबिन समिती बनाएको छ ।
एसएसपी कृष्ण कुमार महतको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जनाएका छन ।
यस्तै मानव अधिकार आयोगको टोली पनि घटना बुझ्न रौतहट आउने भएको छ ।
साउन ३२ गते होटलमा खाजा खान बोलाएर रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मो मोजुबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखिएको थियो । उनी निर्दोष देखिएपछि रिहा भएका छन । सिसि क्यामराको फुटेज हेर्दा लागुऔषध राखिदिएको पत्ता लागेको थियो ।
रौतहटका प्रमुख एसपी शिद्धि विक्रम शाहले सोमवारको सम्मेलनमा पत्रकार महासघ रौतहटका सहसचिव सजय सहनीेले धिरज यादव र जितेशकुमार यादवलाइ प्रयोग गरी मोटरसाइकलमा लागुऔषध राख्न लगाएको बताएका थिए ।
घुमुवा , प्रहरी साहयक निरीक्षक उदय यादव र प्रहरीजवान मनोज साह को पनि त्यस घटनामा संलग्नता देखिएपछि लाइ निलम्वन गरीएको छ ।
आरोपित पत्रकार सहनी फरार रहेको , धिरज र जीतेश लाइ ६ दिनको म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आरोपी सहनी र एसपी शाहले घटना पछि फोनमा गरेको सम्वाद बाहीरीए पछि उक्त सम्वादको बिषयमा चर्चा चुलिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु