Wednesday, January 22, 2025

नुनथर क्षेत्रमा फोहरको चिन्ता

पछिल्लाे समाचार

रौतहट,३१ साउन//
चन्द्रपुर नपा १ मा रहेको धार्मिक पर्यटकिय स्थल नुनथर क्षेत्रमा फोहर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्न थालिएको छ ।
नुनथर क्षेत्र विकास समिति तथा सरोकारवाला निकायले सो क्षेत्रमा जम्मा भएका फोहोर व्यवस्थापन गर्न ठोसरुपमा योजना बनाउन जरुरी देखिन्छ ।
घुम्न आउने पर्यटक, तिर्थालु , पिकनिक खान आउनेहरु एवम सो क्षेत्र वरपर सञ्चालनमा रहेका पसल तथा होटलबाट निस्कने फोहोरको सही व्यवस्थापन हुन नसक्दा नुनथर क्षेत्रमा फोहर जम्मा हुने गरेको छ ।
नदी किनारमा प्लाष्टिक , पेय पदार्थका बोटलहरु फालिएका छन । पछिल्लो दिनहरुमा नुनथर क्षेत्रमा मानिसको चाप बढी छ । साउनमा बोलबमका लागी जल उठाउन आउनेहरुको भिड नै लाग्ने गरेको छ । शनिवार लगाएत बिदाको दिन पिकनिक तथा घुम्नका लागी धेरै मानिस आउने गरेका छन ।
नुनथर पार्क भित्र फोहोर संकलनका लागी फोहरदानी राखिएको छ । तर घुम्न आउने कतिपयले लापर्वाही तरिकाले जथाभावी फोहर गर्ने गरेका छन ।
घुम्न आउनेहरुले समेत सरसफाइमा ध्यान दिनुपर्ने समितीको सुझाव छ । मन्दिर परिसरमा फोहर लैजान प्रतिवन्ध गरीएको छ । कम्पाउन्ड बाहीर तथा पिकनिक स्थलहरुमा भने फोहर देखिन्छ । नुनथर क्षेत्र तथा वरपर सम्म सरसफाइमा सहयोग गर्न आगन्तुकहरु लाइ समितीले पटक पटक आग्रह गर्दै सुचना समेत गर्दै आएको छ ।
नुनथर क्षेत्र विकास समितिले फोहोरको व्यवस्थापनको लागी योजनाबद्ध रुपमा लागेको जनाउदै आएको छ । कुहिने फोहोरलाइ खाडल खनेर तथा नकुहीनेलाइ एकैस्थानमा संकलन गरेर व्यवस्थापन गर्ने तयारी भैरहेको समितीले जनाएको छ ।
फोहोरमैला व्यवस्थापनको लागी फोहर संकलनगर्न केही कर्मचारीहरु समेत राखिएको समितीको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु