Thursday, January 23, 2025

सरकारी सुबिधा केही लिन्न् : पुर्व प्रदेश प्रमुख झा

पछिल्लाे समाचार

जनकपुर २ भदौ । प्रदेश नम्बर २ प्रदेश प्रमुख राजेश झा अहिराज पदमुक्त भएर जादै गर्दा उनले छोटो कार्यकालमा जनपक्षिय काम गरेको चर्चा छ ।
प्रदेश प्रमुख अहिराज छोटो समय पदमा बसे पनि सबैको उदाहरणीय बने । छोटो समयमै जनताको मन जिते । फागुन ७ गते प्रदेश प्रमुख नियुक्त हुँदा अहिराजले निजी सचिवालय राखेनन । प्रदेश कार्यालयकै कर्मचारीलाइ बिश्वास गर्दै कार्य गरे ।
झा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विर आफ्नो कार्यालय र देशभरका प्रदेश प्रमुखलाइ राख्न प्रेरित गर्दै ेशव्यापी अभियानमा निस्किए । सडकमा दुर्घटनामा परी घाइते भएकाहरुको प्रोटोकल नहेरी आफ्नै गाडीमा उद्धार गरे । अहिराज जनताका समस्या सुन्न आफै फिल्डमा खटिए । कहिले विधालय पुगे त कहिले विकास निर्माणका कामको अवलोकनमा ।
प्रदेश २ सरकारले गर्ने नियुक्तीमा समावेश हुन पर्ने भन्दै आवाज उठाए । सिमानाको अवस्था बुझ्न सिमाका पिलर हेर्न दौडिए ।
पदमुक्त भए पनि उनले पूर्वप्रदेश प्रमुखको हैसियतमा सेवा सुविधा पाउँछन । तर अहिराजले ति सेवा सुविधा नलिने घोषणा गरेका छन । देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी समेत उनले फिर्ता पठाउने घोषण गरेका छन ।

प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन ।

उनले जादाजादै भनेका छन, मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भई ‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँ ।

यो अवधिमा मैले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएँ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु