Wednesday, January 22, 2025

हेल्मेट लगाउन अल्छी गर्छन चालक

पछिल्लाे समाचार

रौतहट ३ भदौ । मोटरसाइकल चालकहरुले हेल्मेट लगाउन सकभर नपरे हुने सोच्छन ।

रौतहट जिल्लाको ग्रामिणभेगका सडकमा अघिकाशले हेल्मेट लगाउदैनन । सदरमुकाम गौरजाने सडकमा समेत मोटरसाइकल चालकहरु हेल्मेट बिना नै चलाइरहेको देखिन्छन ।
गौर चन्द्रपुर सडक खण्डको बिर्ता ,गरुडा, शिवनगर, शुकदेवचौक आसपासमा हेलमेट बिनानै मोटरसाइकल कुदाएको भेटीन्छन ।
जिल्लाको समनपुर, कटहरीया, बंकुल, बिजयपुर, मौलापुर लगाएतका बजारक्षेत्रमा पनि धेरै चालकले हेल्मेट नलगाइ यात्रा गरेको पाइन्छ ।
हेल्मेट नलगाउनेहरु संग ५ सय देखि १५ सय सम्म जरीवान गर्न सक्ने नियम छ । यस्तै चालक अनुमती पत्र नभएकालाइ एक हजार देखी १५ सय सम्म जरीवाना गर्ने सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पहिलेका दिनहरुमा भन्दा चालकहरु सचेत हुदै आएको र मुख्य राजमार्गमा हेल्मेट नलगाइ यात्राहरुलाइ कार्वाही गर्ने गरेको , सचेत गराउने गरेको ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ ।
मोटरसाइकलमा चारजना सम्म चढाउने, उमेर नपुगेको किशोरहरुले मोटरसाइकल चलाउने , सवारी चालक अनुमती पत्र नभएकाहरुले मोटरसाइकल चलाउने गरेको पाइन्छ ।
चालकको लार्पवाही , तिव्रगती, बिग्रदो सडक र सवारी साधन दुरुस्त नराखेकाले बढी दुर्घटनाहुने गरेको ट्राफिक प्रहरीहरु बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु