Wednesday, January 22, 2025

हाटबजार र सडक किनारमा अस्वस्थ्यकर खानेकुरा बिक्री

पछिल्लाे समाचार

रौतहट ४ भदौ । जिल्लाका बिभिन्न स्थानियतह हरुमा लाग्ने हाट बजारमा बिभिन्न पाकवानहरु पाइन्छ । तर त्यस्ता खानेकुरा कतिको स्वास्थ्यकर र सफा छ, हामि मध्ये थोरैलाइ मात्र थाहा छ ।
चौरमा, सडककिनारमा, बाटोमा, धुलोफोहर नजिकै बजारहरुमा खानेकुराहरु पकाउने र बिक्रीका लागी राखीदै आइएको छ ।
कतिपय खानेकुरा घरबाट नै पकाएर बिक्रीका लागी राखिएको हुन्छ भने कतिपय बिक्रेताले हाटबजार तथा सडक किनारमा नै पकाएर बिक्री गर्ने गर्दछन ।
हाटबजार तथा सडक किनारमा बिभिन्न मिठाइहरु, भुजा, ढुग्रे, सेवाइ, जेरी, चप आदी खानेकुराहरु बिक्रीका लागी राखिएको हुन्छ । त्यस्ता खानेकुराहरुमा मानव स्वास्थ्यलाइ हानीगर्ने रंगहरु समेत मिसाइने गरेको बेलाबेला चर्चा समेत चल्ने गरेको छ ।
खासगरी हाटबजारहरुमा बालबालिकाहरुले यस्ता खानेकुरा बढी किन्ने गरेका छन । यस्ता खानेकुराहरु नियमित खादा बालबालिकाहरुको स्वास्थ्यमा असरगर्ने चिकित्सकहरुले कलमपाटी समाचारदातालाइ बताएका छन ।
ग्रामिण भेगका हाटबजारमा मात्र हैन बजारक्षेत्रमा पनि यसरी बिक्री गर्न राखिएको पाइन्छ ।
निमयनगर्ने सरकारी निकायले बेलाबेलामा बजार ,पसल, होटलहरु अनुगमनगर्ने गरेपनि सडककिनार, हाटबजारमा बिक्रीका लागी राखिएका खाध्यान्नहरुको बारेमा चासो दिने गरेको पाइदैन ।
रौतहटको १८ वटै स्थानियतहका बिभिन्न दर्जनौ स्थानमा हाट बजार लाग्ने गरेको छ । यस्तै गौर, गरुडा, चन्द्रपुर , कटहरीया, बंकुल, समनपुर, शिवनगर, जयनगर लगाएतका बजारमा सडक किनारमा नै स्वास्थ्यलाइ ख्याल नगरी खानेकुराहरु बिक्र गर्न राखिएको पाइन्छ ।
यस्ता फोहरयुक्त खानेकुराहरुले झाडापखाला, पेट सम्वन्धी रोगहरु र अन्य धेरै किसीममा रोगहरु निम्त्याउने स्वास्थ्यकर्मीहरुले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु