Wednesday, January 22, 2025

सिमाको बांध हटाउन भारत संग आग्रह

पछिल्लाे समाचार

रौतहट १९ साउन // दशगजामा एकपक्षीय रूपमा बनाएको बाँध हटाउन भारतीय पक्षलाइ नेपाली पक्षका स्थानिय प्रशासनका अधिकारीहरुले फेरी आग्रह गरेको छ ।
भारतको बिहारस्थित मोतीहारीमा गएको बुधबार भारतीय समकक्षीसँगको समन्वय बैठकमा रौतहटका सिडिओ इन्द्रदेव यादवलेले मोतीहारीका प्रमुख डीएम कपिल अशोक समक्ष बांध हटाउन आग्रह गरेका हुन ।
ईशनाथ–१ बन्जाराहामा दशगजा अतिक्रमण गरी भारतीय पक्षले बाँध बनाएको थियो ।

बाँध निर्माणको विरोधपछि गत वैशाखमा दुवै मुलकका अधिकारीहरुले जीपीएस माध्यमबाट सर्भे गरेका थिए ।
दशगजा मिचिर बांध बनाएको पुष्टि भएपछि भारतले सार्ने आश्वासन दिएको थियो ।
कोभिडको समस्या कम भएपछि बाँध हटाउने सहमति भएको छ सिडिओ यादवको भनाइ छ ।
अन्तष्ट्रिय सीमा कानुनअनुसार नेपाल–भारत सीमाको दशगजाबाट दुवैतर्फ ३० फिट भूभाग खाली राख्नु पर्ने नियम छ ।
बन्जाराहाको ३४७ नं सीमास्तम्भ मर्मत गर्न भारतीय पक्ष सकारात्मक देखिएको समेत सिडिओ यादवले जानकारी दिए ।
भारतले सिमानामा २५ फिट सम्म अग्लो बाँध बनाएपछि रौतहटका विभिन्न क्षेत्रमा डुबान हुँदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु