Thursday, January 23, 2025

ढल निकासको व्यवस्था हुन नसक्दा गौर जलमग्न

पछिल्लाे समाचार


रौतहट,३ भदौ //
रौतहट सदरमुकाम गौरमा समुचित ढल निकासको व्यवस्था हुन नसक्दा अधिकांश सडकहरु जलमग्न भएको छ ।

केहि समय मात्र वर्षा हुँदा समेत गौरको मुख्य सडकमा दुई फिट भन्दा बढी पानी जम्ने गर्दछ ।

मुख्य सडकको पानी केही घण्टा पछि बगेर गए पनि बस्ती, टोल जोडने सहायक सडकहरुमा महिनौ सम्म पानी जमेर दुर्घन्धीत हुँदा स्थानिय चिन्तित भएका छन्।

गौर ५ मा रहेको पोखरी आसपासका बासिन्दा दुई महिना भन्दा बढी समय देखी जमेको पानीका कारण चिन्तित बनेका हुन्।

kalampati

वडाअध्यक्ष, मेयरलाई पटक पटक जानकारी गराउदा पनि उनीहरुले वास्ता नगरेको स्थानियहरुको भनाई रहेको छ ।

लामो समयसम्म पानी जमेर प्रदुषित बन्दा दुर्घन्धले थप समस्या उत्पन्न गरेको उनीहरु बताउछन् ।

फोहोर पानीका कारण खुट्टा चिलाउने, लामखुट्टेको प्रकोप बढ्ने लगायतका समस्या भएको स्थानीयको गुनासो छ ।

ढल निकासमा जनप्रनिधिहरुले बेवास्ता गर्दा नगरपालिकामा रहेका सडकहरुको अवस्था दयनीय भएको छ ।

जिल्लाको सदरमुकाममा नै पूर्वाधार विकासका कामहरु हुन सकेको छैन ।

त्यहाका नगरपालिकाको कार्यालय समेत तिन तिरबाट जमेको पानीले घेरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु