रौतहट २५ साउन // कोरोना संक्रमण नियन्त्रण गर्न को स्वास्थ्य सुरक्षामा कडाइ गर्न थालिएको छ ।
मास्क अभियान अन्तर्गत ‘तपाईंको मास्क खै ?’ कार्यक्रम नेपाल प्रहरीले संचालन गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ले निःशुल्क रुपमा सर्वसाधारणलाई मास्क वितरण गरेका छन् ।
मास्क लगाउन अनुरोध गर्दै सुरु भएको कार्यक्रम एक सातासम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा १ सय १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । स्थानीयले सचेतना नअपानाएपछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई नगद जरिवाना गराउने निर्णय गरेको छ।
मास्कको प्रयोग नगर्नेहरुलाई स्वास्थ्य अध्यादेश बमोजिम हरेक पटक १०० रुपैयाँ जरिमाना गर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन ।