रौतहट २० साउन ///फतुवा बिजयपुर नगरपालिका वडा नं—८ को मावि बिजयपुरमा ६८ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
विद्यालयका कक्षा ८ मा अध्ययनरत ६८ जना छात्रालाई साइकल वितरण गरिएको हो ।
प्रदेश २ सरकारको बेटि पढाउ,बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरण गरिएको हो ।
साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद तथा प्रदेश २ का विकास समितीका सदस्य राम किशोर यादव , विशिष्ट अतिथि फतुआ बिजयपुर नगरपालिकाका नगर उपप्रमुख कान्ति देवी महतो, जिल्ला समन्वय समितीका उपसभापति रामबिशिष्ट यादव रहेका छन ।
प्रदेश सांसद यादवले साइकल पाएपछि टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई आवत जावतमा सहज र समयको समेत बचत हुने बताए ।
प्रदेश सरकार को छोरीको हितमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजनामा रहेको उनले बताएका छन ।र
फतुआ बिजयपुर नगरपालिकाकी नगर उपप्रमुख कान्ति देवी महतोले साईकल बितरणले छोरीहरुलाई शिक्षामा आकर्षित गर्ने र छोरीहरुले पनि उच्च शिक्षा हसिल गर्ने अवसर प्राप्त गर्ने धारणा राखिन ।
साईकल बितरण कार्यक्रममा बिधालयका प्राधानाध्यापक सुदामा राय यादवले प्रदेश सरकारले उपलब्ध गराएको साईकल बितरण भएकोमा धन्यवाद व्यक्त गरेका छन ।