Tuesday, January 21, 2025

भुमि सम्वन्धी आयोग बिघटनको एमाले नेताहरु बाट बिरोध

पछिल्लाे समाचार

काठमाडौं २० साउन //भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयप्रति एमालेले विरोध जनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठक पश्चात सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको जानकारी दिए। निर्णय सार्वजनिक भए लगत्तै एमालेका नेताहरुले सरकारको निर्णयप्रति एमालेका नेताहरुले विरोध जनाएका हुन्।

एमाले नेता एवम् सांसद् लालबाबु पण्डितले भूमि समस्याबाट पीडित जनता र भूमिहीन सुकुम्बासीको पक्षमा देउवा सरकार नरहेको पुष्टि भएको दाबी गरे। ‘मन्त्रिपरिषद बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेकोले भूमि समस्याबाट पिडित जनता र भूमिहीन सुकुम्बासीको पक्षमा देउवा सरकार न रहेको पुस्टी हुन गएको छ।,’उनले भनेका छन्,‘धन्य हो गठबन्धन। छिट्टै नास हुने जनताले बुझ्ने छन‍् कंफर्टेवल सरकार।’

यता एमाले नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारी भएको टिप्पणी गरेका छन्। उनले गल्ती सच्याई आयोगलाई पुन: सकृय बनाउन सरकारलाई दबाब सिर्जना गर्न आग्रह गरेका छन्।

पूर्व मन्त्री एवम् सांसद् महेश बस्नेतले आयोग खारेज गरेर देउवा नेतृत्वको सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए। उनले अघिल्लो आर्थिक वर्षमा मात्र १५ करोडभन्दा बढी रकम खर्च गरी कार्य गरिरहेकोमा त्यसलाई अनायासै विघटन गर्दा राज्यको स्रोत दुरुपयोग भएको बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु