Thursday, January 23, 2025

प्रदेश २ सरकारले पठाएको राहतको खाध्यान्न कुहियो !

पछिल्लाे समाचार

रौतहट ३२ साउन // राजदेवी नगरपालिका २ को कार्यालयमा भण्डारणगरी राखिएको प्रदेश सरकारले गतबर्ष पठाएको खाध्यान कुहिन थालेको पाइएको छ ।
खाध्यान्न सामाग्री कुहीएको वडा अध्यक्ष ले स्विकार गरेका छन । बितरण गर्न बिभिन्न समस्या भएकाले भण्डारण गरी राखेको राहत कुहीएको बताइएको छ ।
उक्त वडाका अध्यक्ष सनुप महत्तोले प्रदेश सरकारबाट गतबर्ष पाएको राहतको खाध्यान्न बितरणगर्न नसकेको बताए । वडा भरीका करीव ३ सय परिवारलाइ बाड्नु पर्ने थियो ६०/६५ जनालाइ बाड्न पुग्ने राहत आयो त्यास बेला बाड्न सकिएन अध्यक्ष महत्तोले भने ।
राहत सामाग्री आएको एकमहिना नबित्दै आफु निलम्वनमा परेको र बाड्न नसकेको वडा अध्यक्ष महत्तोले बताए ।
एकबर्ष अघि कोराना का कारण लकडाउन भएको समयमा बिपन्न परिवारलाइ बितरण गर्न खाध्यान्न प्रदेश २ सरकारले पठाएको थियो ।
चमल, दाल, स्वाइबिन लगाएकाका राहतका खाध्यान्न कुहिएको हो । प्रदेश २ सरकारबाट विपन्न परिवारलाइ बितरणगर्न गतबर्ष लकडाउनमा खाध्यान्न सहयोग भएको थियो ।
६५ बोरा चामल, १५ बोरा दाल लगाएत नुनतेल, स्वायबिन भण्डारण गरीराखिएको र केही कुहीएको वडा कार्यालयले जनाएको छ । कार्यालयको माथिल्लो तल्लाको कोठामा राखिएको चामल चोरी समेत भएको स्थानियको गुनासो छ ।
बितरण नगरी खाध्यान्न कुहाएर राखेको भन्दै जनप्रतिनिधीहरुको स्थानियले आलोचना गरेका छन ।
राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले वडा नम्वर २ मा खाद्यान्न कुहिएको घटनामा नगरपालिकालाइ बदनाम गर्न खोजेको भन्दै राहतको बिषयमा नगरपालिका संग कुनै सरोकार नभएको बताएका छन ।
वडा सचिव उमेश यादवले राहत सामाग्री थोरै, लिने मान्छे धेरै भएपछि अफ्ठेरो हुदा सामाग्री कुहिन थालेको बताउदै आफुलाइ यस बिषयमा धेरै कुरा थाहा नभएको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु