Wednesday, January 22, 2025

प्रदेश २ का ८ जिल्लाहरुमा गत आवमा अपराधिक घटनामा बृद्धी

पछिल्लाे समाचार

जनकपुर २० साउन / प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७ /७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८ सय ९३ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार २ सय १ घटना दर्ता भएका छन ।

ज्यान मार्ने उद्योग, ज्यान सम्बन्धी विभिन्न मुद्दा, आत्महत्या संगठित तथा आर्थिक अपराध महिला तथा बालबालिका सम्बन्धी अपराधका घटनामा वृद्धि भएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईं जानकारी दिएका छन ।
प्रदेश २ मा गत आर्थिक वर्षमा कर्तव्य ज्यानका ९३, खुन डाँका २, ज्यान मार्ने उद्योग ३ सय १०, गर्भपतनका ९, भवितव्य ज्यान ४६७, ज्यान सम्बन्धी १ सय २८, फुटकर ज्यान ९०, आत्महत्याका ९ सय ५८, संगठित तथा आर्थिक अपराधका १ हजार ५ सय ४३ वटा घटना दर्ता भएका थिए ।

सामाजिक अपराध १ हजार ८३२, महिला तथा वालवालिका सम्बन्धी अपराध ६ सय १७, सवारी दुर्घटनाका ५ सय ३३ र अन्य विविध ६ सय १८ वटा घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न आपराधिक गतिविधिमा संलग्न भई फरार रहेका ६ सय ८१ जना अभियुक्त र १ हजार ७२३ जना प्रतिवादी पक्राउ परेको समेत प्रदेश प्रहरी कार्यायले जनाएको छ ।
यसैगरी हुण्डी कारोबारमा संलग्न ४३ जना र ३ करोड ८३ लाख ६७ हजार रुपैयाँ बरामद भएको छ । गत आर्थिक वर्षमा लागू औषध ओसारपसारमा संलग्न ९ सय ९९ जना पक्राउ परेका छन । यस्तै ५३ वटा अवैध हातहतियार बरामद हुँदा ६८ जना पक्राउ परेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु