Friday, January 24, 2025

पतौरा र शिवनगर मन्दिरमा पुजाआजा

पछिल्लाे समाचार

रौतहट ३२ साउन /// मौलापुर नगरपालिका पतौरामा रहेको पुरातात्त्विक महादेव मन्दिरमा भक्तजनको भिड लागेको  छ ।

साउन महिनाको अन्तिम सोमवार बिहानै देखि पुरातात्त्विक महादेव मन्दिरमा जल चढाउने तथा दर्शन गर्ने भक्तजनको भिड लागेको थियो । उक्त महादेव मन्दिरमा पुजागर्न बारा,रौतहट तथा सर्लाहीका हजारौं भक्तजनहरु आएका छन ।

 साउनको अन्तिम सोमबार भएकाले पुरातात्त्विक महादेव मन्दिरमा जल चढाउन तथा दर्शन गर्न आउनेहरुको सख्या बढेको हो ।
कर्नाटकालिन महादेव मन्दिरमा जल चढाउन विभिन्न जिल्ला बाट सैयौं कमरथुवाहरुको पनि उपस्थिति रहेको थियो । सयौ कमरथुवाहरुले नुनथर बाट बागमतीको जल ल्याएर महादेव मन्दिरमा चढाएको स्थानीय समाजसेवी ठागा दाशले जानकारी दिए ।

 केहिबर्ष अघि स्थानीयले खेत खन्ने क्रममा देखिएको मन्दिर पुर्वमन्त्री प्रभु साहको पहलमा  उत्खनन र जिर्णोद्वार भएको थियो । नेपाल सरकार तथा पुरातत्व बिज्ञले उक्त महादेव मन्दिर कर्णाटकालिन रहेको पुष्टि गरेपछि मौलापुर नगरपालिकाले मन्दिरलाई ब्यवस्थित गर्न पहल गरेको थियो ।

यस्तै साउन महिनाको हरेक सोमबार रौतहट जिल्लाको शिवनगर मन्दिर मा भक्तालुहरु पुजाआजा गरेका छन ।

गरुडा नपाको शिवनगरमा रहेको मन्दिरमा भक्तजनहरुको चहलपहल बढेको छ । जिल्ला भित्र तथा अन्य जिल्लाहरु बाट बोलबम तथा दर्शन गर्न आउनेहरु को घुइचो लागेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु