Thursday, January 23, 2025

नेता नेपाल द्घारा नया पार्टी गठन को घोषणा

पछिल्लाे समाचार

काठमाण्डौ ४ भदौ /पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ले नया पार्टी गठन गरेको जनाएका छन ।
नेकपा एमालेले एकताका सबै ढोका बन्द गरेर, नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेकाे नेता नेपालले जनाएका छन ।

नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गरेको समेत उनले उल्लेख गरेका छन ।
साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहेका , विद्रोहको पक्षमा हस्ताक्षर गरेकाहरु, २०७५ जेठ ३ गते पार्टी एकता गर्ने बेला थपिएका हरु , पहिले नै केन्द्रीय कमिटीमा रहिसकेकाहरु , संघीय संसदका सांसदहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्ययाउनु पर्ने महिला सदस्यहरु लाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेको समेत नेकपा एकिकृत समाजवादी पार्टीले जनाएको छ ।
दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला, सम्मेलन गरी अनुभवी एवम् योग्यव्यक्तिहरु समावेस गर्ने समेत जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु